समाचार

विजयादशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा: कता फर्केर लगाउने ?

२०७९ असोज १८

काठमाण्डाै। भोलि बुधवार दशैँको मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर विजयादशमी मनाइँदैछ । टीकाको साइत खोजेर लगाउनेहरूका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।