कपिलवस्तुको बाणगंगाका प्रतिष्ठित ब्यापारी तथा समाजसेवी राजेश तिवारी राष्ट्रिय प्रजातन्त्र पार्टी रा.प्र.पा.मा प्रवेश

| २०७९ असोज ८ गते ००: ०० मा प्रकाशित

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका प्रतिष्ठित ब्यापारी तथा समाजसेवी राजेश तिवारी राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० मा प्रवेश गर्नुभएको छ ।

लामो समय देखी बाणगंगाको चार नम्बरमा विभिन्न व्यावसाय गर्दै आउनु भएका तिवारी आज राप्रपामा प्रवेश गर्नुभएको हो । राप्रपा कपिलबस्तु क्षेत्र १ को क्षेत्रिय कार्यलय उद्धघाटन कार्यक्रममा पार्टिका केन्दिय सदस्य ध्रुब रायमाझिले तिवारी र बाणगंगाका अर्का समाजसेवी ब्याक्ति राजु गैरे लाई राप्रपामा प्रवेश गराउनु भएको थियो ।

राजु गैरे यस भन्दा अघि नेकपा एमालेमा आवद्ध हुनुहुन्थियो । पार्टी प्रवेश गराउँदै केन्द्रिय सदस्य रायमाझिले देशका ठुला दल भनिने पार्टी बाट नेपाली जनता दिक्क भएको बताउँदै अहिले राप्रपाको विचार र सिद्धान्त लाई नेपाली जनताले आफ्नो रोजाइमा पार्न लागेको बताउनु भएको थियो ।

लामो समय देखी पुरानै अनुहार र पुरानै विचारले देश अब अघि बढ्न नसक्ने बताउँदै आगामी निर्वाचनमा नेपाली जनताले नयाँ विचार विचार र सिद्धान्त सहितको नयाँ अनुहार खोजेको भन्दै अहिले आफ्नो पार्टी लाई सहयोग गर्न आग्रह समेत गर्नुभएको थियो ।

त्यस्तै पार्टीमा प्रवेश गर्दै राजेश तिवारी र राजु गैरेले अन्य पार्टीको पुरानो सिद्धान्तले अब देश अघि नबढ्ने भएकाले देश विकासको लागी राप्रपाकै सिद्धान्त र विचार आवस्यक भएको बताउँदै आफुहरु राप्रपामा प्रवेश गरेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्