खेलकुद

श्रीलंकालाई ६.१ ओभरमा १० विकेटले हराउँदै भारतलाई एसिया कप क्रिकेटको उपाधि

२०८० भदौ ३१

३१ भदौ, काठमाडौं । एसिया कपको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो ।फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो ।