५ सय रन पुरा गर्ने पहिलो खेलाडी बने डी कक

| २०८० कार्तिक १५ गते १८: ०७ मा प्रकाशित

पुणे । दक्षिण अफ्रिकाका क्विन्टन डी कक भारतमा जारी एकदिवसीय विश्वकपमा ५ सय रन पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । प्रतियोगितामा उनले ५ सय ४२ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् ।

कुनै पनि विश्वकपमा ५ सयभन्दा बढी रन बनाउने उनी पहिलो दक्षिण अफ्रिकी खेलाडी पनि हुन् । यसअघि सन् २००७ को विश्वकपमा ज्याक कालिसले सर्वाधिक ४८५ रन बनाएका थिए ।

बुधबार न्युजिल्याण्डविरुद्धको खेलमा उनले शतकीय पाली खेल्दै १ सय १४ रन बनाए । जारी प्रतियोगितामा उनको यो चौथो शतक पनि हो । यसअघि उनले बंगलादेशविरुद्ध १ सय ७४ रन, अस्ट्रेलियाविरुद्ध १ सय ९ रन तथा श्रीलंकाविरुद्ध १ सय रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्