प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नवनिर्मित भवनहरू उद्‍घाटन

| २०७८ पौष १२ गते १९: ४६ मा प्रकाशित

सप्तरी।प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजमा नवनिर्मित महिला आवास गृह, कक्षाकोठा तथा अतिथि गृह भवनहरूको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‌घाटन गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माण कार्यमा विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने इन्जिनियर तथा प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र वितरण समेत गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिदै समाजसेवामा आवद्ध नेपाल प्रहरी संगठनमा आएर नागरिकको हरेक समस्या समाधानको लागि हर-हमेसा साथ र सहयोग गर्नुपर्ने बताउनुभयो । साथै उहाँले भवन निर्माण कार्यमा आ-आफ्नो क्षेत्रबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्‍याउने सम्बन्धित सबैलाई धन्यवाद दिनुभयो । 
कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने उक्त तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।


Modernization and Improvement of Policing Project (MIPP) परियोजना अन्तर्गत UNOPS को सहयोगमा करिब १५ करोड रुपैयाँको लागतमा उक्त भवनहरू नवनिर्माण गरिएको हो । 

कार्यक्रममा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीहरू, UNOPS बाट प्रोजेक्ट म्यानेजर कोमल कार्की, जिल्लास्थित स्थानीय तहका पदाधिकारीहरू र संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्