मलारानीको खनमा एक किशोरी झुण्डिएको अवस्थामा मृ'त फेला

| २०७९ चैत २१ गते १९: २६ मा प्रकाशित

रबि पोख्रेल ,मालारानी। जिल्लाको मालारानी गाउँपालीका वडा नम्बर ४ खनमा १८ बर्षिया एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन। 

खन बाटा माथि निवासी कमल बिक कि छोरी करिश्मा बिक आज बिहान करिब ६ :३० बजेको समयमा आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरी श्रोतले जनाएको छ। 

१८ बर्षिया करिश्माले के कारणले पासो लगाएर आफ्नो प्राण त्याग गरिन भन्ने बिषयमा अनुसन्धान भईरहेको बुझिएको छ। 

मृतक बिकको शवलाई अर्घाखाँची अस्पतालमा पोष्टमार्टम गरिसके पछि उनको अन्तिम दांहसंस्कार गरिएको राजु नेपालीले अर्घाखाँचीबुलेटिनलाई जानकारी दिनुभएको छ। 

प्रतिक्रिया दिनुहोस्