अर्घाखाँचीको मालारानीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

| २०८० भदौ १२ गते १८: २५ मा प्रकाशित

दीपेन्द्र सुनार,मालारानी। 
 भाद्र १२- अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन।

जिल्लाको मालारानी गाउँपालिका वार्ड न ६ मेहेलपानीको घुम्टीमा लु २१ प २८४४ नम्बरको मोटरसाइकल आज दिउँसो दुर्घटना भएको हो।दुर्घटनामा परी अर्घाखाँची जिल्ला पाणेनी गाउँपालिका वार्ड न ७ का कृष्ण रिजाल, र रुकुम पश्चिम सानीभेरी गाउँपालिका वार्ड न ७ का पवन खडका रहेको इलाका प्रहरी कार्यलय खनदहका इनिस्पेक्टर इश्वरी अधिकारीले बताएका छन।
 
उनका अनुसार मोटरसाइकल दुर्घटना क्षेत्रबाट करिब पचास मिटर तल खसेको छ। घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल संन्धिखर्क पठाइएको छ।

घाइते रिजाल कृषिज्ञान केन्द्र मालारानीका कर्मचारी र खडका कृषि ज्ञान केन्द्र संन्धिखर्कको कर्मचारी रहेको उनको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्