सडक दुर्घटनामा परि अर्घाखाँचीकी १९ बर्षिया किशोरीको मृ'त्यु

| २०७९ असार १६ गते १९: ०० मा प्रकाशित

संजय भट्टराई ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका धारापानिको सिख्र जन्म घर भई हाल कपिलवस्तुमा बसोबास गर्दै आईरहेकी एक किशोरीको सडक दुर्घटनामा परि निधन भएको छ। 

पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने कपिलबस्तुको सडकमा बिपरित दिशा बाट आईरहेको ट्याक्टर ले अस्मिता खनाल सवार मोटरसाइकललाई आज बिहान ठक्कर दिँदा अर्घाखाँचीको धारापानि घर हुने १९ बर्षिया किशोरी अस्मिता खनालको मृ'त्यु हुन् पुगेको बुझिएको छ। 

मोटरसाइकल चालक भने गम्भीर घाइते रहेको खबर प्राप्त भएको छ। मृ'त्यु हुने अस्मिता खनाल अफिसको कामले फिल्डमा जाने क्रममा दुर्घटना हुँदा मृत्यु भएको हो। अस्मिताको घर परिवार १५ बर्ष  अघि अर्घाखाँचीको धारापानि बाट बसाइसराइ गरि कपिलबस्तुको नयाँ बस्तीमा बसोबास गर्दै आईरहेको बुझीएको  छ। 

ठक्कर दिने ट्याक्टर लाई प्रहरीले नियन्त्रणमा लीएर थप कारबाही अगाडी बढाईरहेको बुझीएको छ। 

प्रतिक्रिया दिनुहोस्