अर्घाखाँचीका यिनै बाबु र छोरा हुन् जो हिँजो बुटवलको बेलबास दुर्घटनामा अकाल्मै ज्या'न गुमाए

| २०७९ भदौ १६ गते ००: ४० मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची।बुटवलको बेलबासमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १० -धनचौरका बाबु र छोराको दु:खद निधन भएको छ।

दुर्घटनामा मृ'त्य हुनेमा अर्घाखाँचीका अन्दाजी ४५ बर्षिय सोनु भट्टराई र निजका ६ बर्षिय छोरा निशान भट्टराई रहेका प्रहरी श्रोतले जनाएको छ।भट्टराई अर्घाखाँची देखि बसाइसराइ गरि हाल बुटवल उपमहानगरपालिका- १३ बेलबास बस्दै आईरहेको बुझिएको छ। 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बेलबास चोकमा पश्चिमतर्फ जांदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र पश्चिमबाट आउंदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । मोटरसाइकल ठोक्किँदा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल लु १ क ४४२४ नम्बरको ट्याङ्करमुनि पर्न जाँदा उक्त मोटरसाइकलमा सवार अर्घाखाँचीको धन्चौर घर हुने सोनु भट्टराई  र निशान भट्टराईको मृ'त्यु भएको हो ।

दुर्घटनामा १५ वर्षका आयुष आचार्य र लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर २ का २३ वर्षका अमृत सुनारी मगर घाइते भई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्याम अर्यालले बताए।

प्रतिक्रिया दिनुहोस्