अर्घाखाँचीमा आरु टिप्ने क्रममा बाघले ८ बर्षिय बा'ल'क खा'यो: ४५ दिन अघि मात्र बालकका बुवाको मृ'त्यु भएको थियो

| २०७९ जेठ १३ गते ००: ०४ मा प्रकाशित

प्रदिप सुनार ,अर्घाखाँची। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ४ अमलडाडाँमा बिहीवार साँझ करिब ७ बजेको समयमा ८ बर्षिय बालकको मृ'त्यु भएको हो।

 गुल्मी घर भई आफ्नो मावलि घर सन्धिखर्क ४ मा बसोबास गर्दै आईरहेका ८ बर्षिय सम्राट नेपाली सन्धिखर्क ४ को भगवती आधारभुत बिधालय कक्षा २ मा अध्यनरत रहेको बुझिएको छ। 

सम्राट नेपाली आज दिउँसो करिब ४ :३० बेजेको समयमा स्कुल बाट घर फर्किएको र घर नजिकै रहेको आरुख को बोटमा गई एक पटक आरु टिपेर ल्याएको र साँझ परेपछि पुन: सोहि आरु टिपेर लगेको स्थानमा गई आरु टिप्ने क्रममा नरभक्षि बाघले सम्राट नेपालीलाई आक्रमण गरेको उनका आफन्तले बताएका छन्। 

दैवको लिला सम्राट नेपालीका वुवा जीवन नेपालीको ४५ दिन अघि मात्र मृ'त्यु भएको थियो।आज छोरा लाई बाघको आक्रमण बाट गुमाउँन पुग्दा निजकी आमा भावबिहाल अवस्थामा रहेकी छिन। 

प्रतिक्रिया दिनुहोस्