सन्धिखर्कका एक युवक को दुवईमा भएको निधनको खबरले वडा नै शोकमा

| २०८० फागुन १७ गते ०५: ३५ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर -१० गच्छे गैरा निवासी रानाभाटको  प्रवास (दुबईमा ) भएको असमाहिक निधनको खबरले गाउँ र वडा नै शोक मा डुबेको छ। 

३ वर्ष अगाडी बैदेशिक  रोजगारिको शिलशिलामा दुवई पुगेका ४१ बर्षिय बसन्त बहादुर रानाभाट को फाल्गुन १३ गते २०८० अर्थात २५ फेब्रुअरी २०२४ को दिन हृदयघातको कारण ले आफु बस्दै आईरहेको कोठामा  निधन भएको अस्पताल का डाक्टरहरु को चेकजाँच पछि रिपोर्टमा देखिएको दुवई मा रहने निजकी छोरी कमला क्षेत्रीले अर्घाखाँची बुलेटिन लाई जानकारी दिएकी  छिन। 

मृतक बसन्त बहादुर रानाभाटले फाल्गुन ११ गते मात्र ४० औं वर्ष पुरा गरेर ४१ औं बर्ष मा प्रवेश गरेका थिए। बिडम्बना रानाभाटको हृदयघातको कारण जन्मोत्सव मनाएको को २ दिन पछि दु:खद निधन हुन् पुग्यो। 

मृतक रानाभाटकी श्रीमती पनि रोजगारीको शिलशिलामा दुवई मा रहेको खबर प्राप्त भएको छ।निजका घरमा एक ८ बर्षीया छोरा र १६ बर्षिया छोरी रहेकी छिन। मृतक रानाभाटकी छोरीले अर्को महिना एसईई परिक्षा दिने तयारी गरेको क्षेत्री ले बताईन। 

आफ्नो कान्छो बुवाको विदेशमा हृदयघातको कारण ले  असमाहिक सोच्दै न सोचेको घटनाको चोटले म लगायत हाम्रो परिवार केहि दिन बेहोसी अवस्था मा पुग्यौं तर प्रवासमा कसैको मृ'त्यु भईसके पछि आफ्नो देश शव पठाउँन जत्ति गाह्रो ,कठिनाई ,प्रक्रिया पुरा गर्नुपर्ने  धेरै विविध कुराको झन्झट ले अत्यन्तै सारो पार्दो रहेछ,प्रवाश मा कोहि कसैले मृ'त्युवरण  गर्न न परोस उस्तै परे विदेशमै हामीहरुको शव सडेर गलेर वेवारिसे अवस्थामा पुग्न सक्ने अवस्था आउन सक्ने  हुँदो रहेछ क्षेत्री ले भावुक हुँदै बुलेटिन सामु भनिन। 

तर आफ्नो कान्छो बुवाको शव मृत्यु भएको ४ दिनमै नेपाल पठाउँन सफल हुँदा एका पट्टि दु:खमा पनि खुसि मिलेको उनले बताईन। 

मृतक रानाभाटको पार्थिव शरीर आज विहानै नेपाल पुगेको र निजको शवलाई आफ्नै दाजुले विमानस्थल बाट बुझीलिएको खबर प्राप्त भएको छ। तर मृतक रानाभाटको शवलाइ आर्यघाटमा अन्तिम दांहसंस्कार गर्ने या अर्घाखाँची लगेर अर्घाखाँची को एक  घाटमा अन्तिम दांहसस्कार दिने भन्ने बिषयमा अझै पुष्टि हुन् नसकेको खबर बुलेटिनलाई प्राप्त भएको छ। 

स्वर्गीय बसन्त बहादुर रानाभाट प्रति हार्दिक श्रद्वान्जली अर्पण गर्दै दु:खको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा श्री सुपादेउराली माताले धैर्य धारणा गर्न सक्ने शक्ति प्रदान गरुन भन्दै अर्घाखाँचीबुलेटिन परिवार हार्दिक समवेदना व्यक्त गर्दछौं। 

 

प्रतिक्रिया दिनुहोस्