रूपन्देहीमा एमसीसी विरूद्व अखिल(छैठौं) सहित ४ बिधार्थी संगठनद्वारा रचना वाचन कार्यक्रम

| २०७८ फागुन २८ गते १६: ४४ मा प्रकाशित

टेकराज भुसाल,बुटवल । राष्ट्रघाती एमसीसि सम्झौता बिरुद्ध रुपन्देहीको बुटवलमा अखिल (छैठौं) सहित ४ बिद्यार्थी संगठनले रचना वाचन कार्यक्रम गरेका छन्।

अखिल (छैठौं), अखिल (क्रान्तिकारी), अखिल (क्रान्तिकारी) र बैज्ञानिक समाजवादी बिद्यार्थी संगठनले संयुक्त रुपमा बुटवल चाँदबारी स्थित राष्ट्रिय जनमाेर्चाकाे लुम्बिनी प्रादेशिक कार्यलयमा रचना वाचन कार्यक्रम गरेका हुन्।

कार्यक्रममा बाेल्दै अखिल (छैंठौँ)का केन्द्रीय सचिव सरोजमान सिंहले राष्ट्रघात विरुद्धको आन्दोलनमा ४ विद्यार्थी संगठन सदैव सँगसँगै रहने बताउँदै एमसिसि विरुद्धको रचना वाचन कार्यक्रमले एमसिसिका दलालहरूलाई एमसिसि खारेजीको लागि चेतावनी दिने बताए ।

त्यस्तै अखिल नेपाल लेखक संघका महासचिव खोमा तरामु मगरले कविता वाचन गर्दै नेपाली जनताले स्वीकार नगरेको राष्ट्रघाती एमसिसि दलालहरूले जवरजस्त संसदबाट अनुमोदन गरे पनि कार्यान्वयन हुन दिन नहुने बताए ।

कार्यक्रममा खाेमा तरामु,टेकराज भुसाल, बिहानी मगर, साया किरण, पारस राहादी मगर, अनिल थापा, विमल खरेललगायतले कविता, गीत, गजलमार्फत् राष्ट्रघाती सम्झौता एमसिसि अनुमोदनको विरोध जनाएका थिए । कार्यक्रममा स्रष्टाहरूले रचना वाचन गर्दै कुनै हालतमा एमसिसि खारेजीको माग गरे ।

कार्यक्रम अखिल (छैठौं) रुपन्देहीका सहसचिव टेकराज भुसालको अध्यक्षता र अखिल (क्रान्तिकारी) रुपन्देहीका उपाध्यक्ष पारस राहादीकाे संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्