सुनले ढाकेको भाइरल फोटोमा ओलीको कटाक्ष :त्यति सुन म बोक्न पनि सक्दिनँ

| २०८० जेठ १७ गते १६: ५५ मा प्रकाशित

काठमाण्डौ। केपी ओलीको फोटोमा हातभरि सुनैसुनका बोकी नसक्नु ! त्यति सुन म बोक्न पनि सक्दिनँ होला । मैले जिन्दगीमा आमाले सानैमा दिएको औंठी चार दिनजति लगाएँ,’ओलीले भने, ‘आमाले दिएको त्यो औँठी लाएपछि आमा पटक पटक सम्झने र हडबड भएपछि तीन चार दिनपनि लगाउन सकिनँ । पछि त्यसबाहेक एउटा साथीले दिएको एकदिन जति लगाएँ । यति साह्रो झुट, यत्रो मेहनत गरेर कस्तो घटिया नियत होला ?’ 

बुधबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले फोटोमा सुनैसुन लगाएको बनाएर सामाजिक सञ्जालमा आएकोमा कटाक्ष गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्