लुम्बिनी प्रदेश सरकारले झन्डै ४० अर्बको बजेट ल्याउँदै

| २०८० असार १ गते १४: ०६ मा प्रकाशित

बुटवल । लुम्बिनी प्रदेश सरकारले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट पेश गर्दैछ । प्रदेशसभाको दोस्रो अधिवेशनको ११ औँ बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गर्ने भएका हुन् ।

चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार घटाउँदै सरकारले झन्डै ४० अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ। अघिल्लो वर्ष ४२ अर्ब बराबरको बजेट ल्याइएको थियो ।

यो वर्ष बजेटको आकार घटेसँगै योजना समेत साँघुरिने भएको छ। प्रत्यक्ष लाभ प्राप्त हुने र उपलब्धि देखिने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिएको छ । आगामी आर्थिक वर्षमा रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता राखेर काम गर्ने सरकार प्रवक्ता मन्त्री सन्तोष पाण्डेले  बताए । 
स्रोत - रातोपाटी

प्रतिक्रिया दिनुहोस्