सुदूरपश्चिमका कानूनमन्त्री सिंह चढेको गाडी दुर्घटन: ५० मिटर तल खोला किनारमा खस्यो गाडी

| २०८० असार ५ गते १५: १३ मा प्रकाशित

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी दुर्घटनामा परेको छ ।

मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी मंगलबार डडेलधुराबाट चैनपुर आउँदै गर्दा दुर्घटनामा परेको हो ।

गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

गाडी दुर्घटनामा मन्त्री सिंहसहित ४ जना घाइते भएका छन् । मन्त्री सिंहको खुट्टा र अनुहारमा चोट लागेको छ । उनको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको जनाइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।श्रोत -न्यूज २४

प्रतिक्रिया दिनुहोस्