भारतीय सहरका भित्ता रंगिँदै छन् नेपाली सिमेन्टको विज्ञापनले

| २०८० कार्तिक २५ गते १६: २७ मा प्रकाशित

भारतको उत्तरप्रदेशमा पर्ने गोरखपुर सहरका भित्ताहरू केही समययता एउटा विज्ञापनले रंगिएको छ।हुन त सहरको भित्ता विज्ञापनले रंगिनु ठूलो कुरा होइन। त्यसमाथि भारतमा हुने विज्ञापनलाई लिएर हामीले चासो राख्नुपर्ने कुनै कारण थिएन।

तर गोरखपुरको भित्ता रंगाउने विज्ञापन यस कारण हाम्रो चासोको विषय बन्यो, किनभने त्यो नेपाली ब्रान्ड हो।

गत वर्ष असार अन्तिम साताबाट भारतीय बजारमा निर्यात गर्न थालेको अर्घाखाँची सिमेन्टले त्यहाँका उपभोक्तालाई लक्ष्य गरेर हिन्दी भाषामा प्रसारप्रसार अभियान सुरू गरेको छ। पहिलो चरणमा भित्ते विज्ञापन गरिएको अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारका बताउँछन्।

कम्पनीले 'अर्घाखाँची सिमेन्ट- सपनोंका नयाँ निर्माण' भन्ने हिन्दी ट्यागलाइन प्रयोग गरेको छ। यो ट्यागलाइन नेपालीबाट अनुवाद गरिएको हो।

'जसलाई आफ्नो उत्पादनप्रति बढी विश्वास हुन्छ, उसले जनतालाई धेरैभन्दा धेरै जानकारी गराउन खोज्छ। प्रचारप्रसारमा लगानी गर्छ र विज्ञापन बढाउँछ,' मुरारकाले भने, 'हामी पनि भारतीय बजारमा नेपाली सिमेन्टको माग बढ्दै गएपछि थप बजार विस्तारको योजनाअनुरूप प्रचारप्रसारमा लागेका हौं।'

मुरारकाले भारतमा विज्ञापन गर्ने निधो गरेपछि त्यसको जिम्मा उताकै डिलरहरूलाई दिएका थिए।

डिलरहरूले थुप्रै विकल्पमा काम गरे। नेपालमा 'अर्घाखाँची' भन्ने शब्द सजिलै बोलिए पनि भारतीयहरूलाई उच्चारण गर्न गाह्रो पर्‍यो। उपभोक्तालाई बुझ्न सजिलो होस् भनेर डिलरहरूले एसियन सिमेन्टका रूपमा मार्केटिङ गर्ने कि भन्ने प्रस्ताव ल्याए। तर मुरारकालाई चित्त बुझेन।source- setopati

प्रतिक्रिया दिनुहोस्