टिकटक बन्द गरेर सरकार उल्टो बाटोमा हिँड्यो : गगन थापा

| २०८० कार्तिक २७ गते १५: ०७ मा प्रकाशित

                                                                           फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकट बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ ।

टिकटक बन्द गर्ने सरकारको निर्णयपछि सामाजिक सञ्जालमार्फत थापाले टिकटक बन्द गरेर सरकार उल्टो बाटो हिँडेको टिप्पणी गर्दै तत्काल सच्याउनुपर्ने बताउनु भएको हो ।

सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको भन्दै थापाले लेख्नुभएको छ – ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो । उहाँले एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यसबाट सरकारको नियत प्रष्ट्याउने भएकाले किन्तु परन्तु केही नभनी सच्याउनु पर्छ भन्नुभएको ।

प्रतिक्रिया दिनुहोस्