२४ घण्टामा टिकटक बन्द गराउन मातहतका निकायलाई दूरसञ्चार प्राधिकरणकाे पत्र

| २०८० कार्तिक २७ गते १९: ३१ मा प्रकाशित

काठमाडौं । सरकारले टिकटक बन्द गराउने निर्णय गरेलगत्तै कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दुरञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । सरकारले गरेको निर्णयको प्रतिलिपिसहित प्राधिकरणलाई सोमबार नै पत्राचार गरिएको मन्त्रालयले जनाएको हो ।

मन्त्रिपरिषद्बाट निर्णय भए लगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्जार प्राधिकरणलाई निर्णय कार्यान्वयनका लागि पत्राचार भइसकेको मन्त्रालयका सचिव कृष्णबहादुर राउतले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार प्राधिकरणलाई जतिसक्दो चाँडै टिकटक बन्द गर्न निर्देशन दिइएको छ ।

प्राधिकरणले पनि मन्त्रालयले गरेको पत्राचार अनुसार नै टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पत्राचार गरेको प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार प्राधिकरणले टिकटकलाई पनि इमेल गरिसकेकाले सम्भवत २४ घण्टामा टिकटक बन्द हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्