जितपुरसिमरामा बस दुर्घटना: एकको मृत्यु, २७ घाइते

| २०८० फागुन २३ गते ०१: ०० मा प्रकाशित

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा– पथलैया सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को ३ नम्बर पुल भन्ने स्थानमा दुर्घटना भएको हो। धनगढीबाट विराटनगरतर्फ गइरहेको बस पुल नजिक खोलामा खसेको इलाका प्रहरी कार्यालय सिमराले  जनाएको छ।

दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाहरुको विस्तृत विवरण प्राप्त भएको छैन।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते भएकाहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्