अपडेट :कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, ४ को मृ'त्यु : ३३ जनाको उद्धार

| २०८० फागुन २३ गते ०६: ०० मा प्रकाशित

कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको बस आज बिहान धादिङ, गजुरी गापा-५ घाटबेँसीस्थित त्रिशूली नदीमा खसेको छ। 

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारीअनुसार दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ३३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट खटिएको टोलीले उद्धार गरेको छ।  

उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको डीएसपी थापाले जानकारी दिए।

बसको नम्बर खुल्न तथा घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्