माफी माग्नुपर्ने माग सहित पाँच व्यवसायीले दिए गायिका एलिनाको कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने चेतावनी

| २०८० फागुन २६ गते १५: ४७ मा प्रकाशित

पोखरा, फागुन २६। गायिका एलिना चौहानको कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने पाँच व्यवसायीको चेतावनी दिएका छन् । एलिनाले माफी माग्नुपर्ने भन्दै उनका कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने ५ साउन्ड सिस्टम कम्पनीले चेतावनी दिएका हुन्।

गत फागुन २० गते कुस्मामा आयोजित एक महोत्सवमा एलिनाको एक साउन्ड टेक्निसियनसँग भनाभन भएको थियो । यो घटनाको पाँच दिनपछि पाँच साउन्ड सिस्टम व्यवसायीले विज्ञप्ति जारी गर्दै एलिनामाथि नै दोषारोपण गरेका हुन् । विज्ञप्ति जारी गर्नेमा जिके साउण्ड सिस्टम, एसके साउण्ड लाइट एण्ड म्युजिक स्टोर्स, साउण्ड गार्डेन, मञ्जित साउण्ड सिस्टम, जोजिजू म्युजिक एण्ड साउण्ड सिस्टम सर्भिस र एविज साउण्ड सिस्टम रहेका छन् ।

एलिनाले कुस्मामा सञ्चालित कार्यक्रममा मात्रै होइन यसअघि पनि मञ्चमा थुप्रैपटक साउण्ड सिस्टमलाई सराप्ने र टेक्निसियनलाई गाली बेइज्जती गर्ने गरेको आरोप विज्ञप्तिमा लगाइएको छ ।

विज्ञप्ति

साउन्ड सिस्टम खराब भएपछि एलिनाले टेक्निसियनसँग गुनासो गरेकी थिइन् । तर टेक्निसियनले उल्टै एलिनालाई ‘पहिले तपाईँको आवाज सफा गर्नुस्’ भन्दै अपमानित तुल्याएका थिए । एलिनाले पनि जवाफ फर्काएपछि भनाभन भएको थियो । एलिना आफ्नो प्रस्तुति नसकीकन बाहिरिएकी थिइन् ।नारायणी अनलाइन 

प्रतिक्रिया दिनुहोस्