गोर्खा ब्रदर इजरयालद्वरा क्यान्सर पिडित लावतीलाई १ लाख १० हजार रुपैयाँ आर्थिक सहयोग

| २०८० फागुन २७ गते ००: ४२ मा प्रकाशित

तेलअभिव ,इजरायल। गोर्खा ब्रदर इजरयाल समुहले क्यान्सर पिडित लावतीलाई आर्थिक सहयोग गरेको छ। 

पाँचथर जिल्लाको मिक्लाजुङ्ग निवासी क्यान्सर पिडित रोहन लावती लाई गोर्खा ब्रदर इजरयाल समुहले १ लाख र सोहि गोर्खा ब्रदरका प्रतिनिधि सामाजिक व्याक्तित्व बिपिन तामाङ्गले आफ्नो ब्याक्तिगत तर्फबाट थप १० हजार रुपैयाँ गरि जम्मा १ लाख १० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको  हो। उक्त सहयोग रकम बिनोद लिम्बुको हात बाट क्यान्सर पिडित रोहन लावती लाई  हस्तान्तरण गरिएको छ।

बिगत १ बर्ष देखि भारतको नयाँ दिल्ली स्थित राजिव गान्धी क्यान्सर हस्पिटल हुँदै हाल नेपालको पुर्वी बिर्तामोड स्थित पुर्वान्चल क्यान्सर हस्पिटल(B&C)मा लावती को उपचार भइरहेको छ। 

क्यान्सर जस्तो प्राण घातक जघन्य रोग बाट ग्रसित रोहन लावतीको उपचारका लागि मोटो रकम को खाँचो पर्ने भएकोले अन्य सहयोगी दाता हरुलाई पनि आफु सक्दो आर्थिक सहयोग गरिदिनुहुन् हार्दिक अनुरोध गर्दछौं। 

गोर्खा ब्रदर इजरयालले बिगत केहि साल यता देखि बिभिन्न कार्यक्रम गरेर उक्त कार्यक्रम बाट आएको मुनाफालाई यस्तै खालका जघन्य रोगि ,बिपन्न परिवार दु:खि पिडितहरुलाई आर्थिक सहयोग गर्दै उत्कृष्ट कार्य गर्दै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्