३७ वर्षका स्वास्थकर्मी कुँवर सामाजिक सेवामा

| २०८० फागुन २७ गते १८: ३४ मा प्रकाशित

कृष्ण पौडेल विजयनगर ।उमेर ३७ वर्ष । मिलनसार र मीठो बोली  । हरेक मान्छे सुखमय जीवनशैलीका लागि दिन रात दौडिरहन्छन् । व्यक्तिगत होस् वा पारिवारिक । समाजमा त्यस्ता मानिसहरु पनि भेटिन्छन् जो समाजका लागि दौडिन्छन् । जो समाज र देशका लागि दौडन्छन्, उनै मान्छे महान हुन् । समाजका लागि दौड्ने मध्येका एक व्यक्ति हुन्, जनक कुँवर ।

मानव जीवनमा सबैभन्दा ठुलो धर्म नै मानव सेवा हो भन्ने मुल मन्त्रलाई टेकेर समाजसेवामा समर्पित छन्  । अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएका कुँवर गरिब दुखिको मलम पट्टी लगाउन् जहिले पनि  अघि बढ्छन् । 

२०४३ सालमा  बुवा धन बहादुर कुवर र आमा डिलकुमारी कुवरको काख बाट जन्मिएको उनीले अध्यान अर्घाखाँचीमै गरेका थिए । २०६२ साल देखि स्वास्थ्य क्षेत्र लागेका कुवर अर्घाखाँचीमा जनता मेडिकल हल,एड्मण्ड अस्पताल बुटवल,मेडिटेक इन्टरनेशनल बुटवल  हुँदै हाल चौराहा अस्पतालको जनसम्पर्क तथा सुचना अधिकारीको जिम्मेवारमा छन् ।

लामो समयदेखि स्वदेशमै रहेर पनि  सेवामा भने उनी नजिकै बाट हातेमालो गरिरहेका छन । अरुको पिडा र दुःखलाई पनि आफ्नै सम्झिन्छन उनी । आर्थिक अभावका कारण उपचार गर्न नसकिरहेका क्यान्सर, मृगौला पिडित,ब्लड संकलन र देश विकासमा सामाजिक स्तरबाट उठेको सबै परियोजनामा उनले आर्थिक,भौतिक तथा मानसिक रुपमा समेत सहयोग गर्दै आएक छन्  । सानै उमेरदेखि समाज सेवामा रुचि राख्ने उनि अहिले लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जस्तै अर्घाखाँची, गुल्मी, कपिलवस्तु,दाङ रुपन्देही लगायतका जिल्लामा स्वास्थ्य शिविर साथै अस्पताल परिसरमा चिकित्सकीय परीक्षण र औषधि वितरणका कार्यक्रमहरु सन्चालन गर्दै आएका छन् । कोरोनाको समयमा उनको योगदान अविष्मरणिय रहेको छ  ।

प्रतिक्रिया दिनुहोस्