गुल्मीमा विद्युतको तारबाट आगलागी, घर जलेर पुर्णरुपमा नष्ट

| २०८१ बैशाख १२ गते १६: २३ मा प्रकाशित

गुल्मी।गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकापालिका वडा नं ५ धोबिघाटमा आगलागी भएको छ ।

 जिल्लाको रुरुक्षेत्र गाउँपालिकापालिका वडा नं ५ मा बस्ने गिरी बहादुर श्रेष्ठको खरबारीमा बिजुलीको तार बाट झिल्का निस्कन जाँदा आगोलागी भएको थियो । 

उक्त आगो रुरुक्षेत्र गाउँपालिकापालिका वडा नं ५ मिनाङकोट बस्ने सरोज सारुको घरमा सल्कन जाँदा सारुको ढुङ्गा,माटो र टिनले छाएकोे २ तले कच्ची घर आगलागीले पुर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्