स्वर्गीय कृष्ण खत्रीको स्मृतिमा खाद्य सामाग्री बितरण

| २०८० भदौ ५ गते १५: २० मा प्रकाशित

श्याम घिमिरे, सन्धिखर्क।भुमिकास्थान नगरपालीका वडानम्वर ४ धारापानी निवासी स्वर्गीय कृष्ण बहादुर खत्रीको स्मृतिमा सन्धिखर्क नगरपालीका १ मा रहेको निर्मल नवज्योति सुस्त मनःस्थिति बिद्यालयमा आज (सोमवार) खाद्य सामाग्री र फलफुल हस्तान्तरण  गरीएको छ । उक्त सामाग्री स्व.केसीकी पत्नी साबित्रा रायमाझी (केसी),बुवा यम बहादुर केसी र छोरा प्रबिन केसीले संयुक्त रुपमा बिद्यालयका प्रअ कमला भुसाललाई हस्तान्तरण गनुभएको श्रृजना भाटले जानकारी  दिनुभयाे । साेहि कार्यक्रममा सन्धिखर्क ९ निवासी स्वर्गीय हुमकला खड्काकाे स्मृतिमा छाेराबुहारि विष्णु खड्का र देवि खड्काले समेत  खाद्यान्न सामाग्री प्रदान गर्नुभएकाे भाटले बताउनु भयाे ।

स्वर्गीय खत्रीको परीवारले यस अघि भुमिकास्थान नगरपालीका वडानम्वर ४ धारापानीमा रहेको शान्ति माध्यमिक बिद्यालयमा ५१ हजार १ सय ११ रुपैयाँको अक्षय कोषको स्थापना गर्नुभएको थियो । 

धारापानी स्वास्थ्य चौकिमा कार्यरत केसीको गत बर्षको असार २० गते कपिलबस्तुको कोइली बनगाइमा सडक दुर्घटनामापरि ४५ बर्षको उमेरमा ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्