ढाकावाङ्गमा भएको भलिबल खेलको उपाधी असुरकाेट युवा संजाललाई (तस्विर सहित)

| २०८१ बैशाख ३ गते १९: २० मा प्रकाशित

टेकराज भुसाल, अर्घाखाँची।जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर -२ ढाकावाङकाे ठुलापाेखरामा सम्पन्न भलिबल प्रतियोगिताकाे उपाधी असुरकाेट युवा संजालले हाता पारेको छ।

देविकास्थान झाँकिशाला टाेल बिकास संस्थाले नवबर्षकाे अवसरमा आयोजना गरेको भलिबल खेलकाे आज फाइनल खेल भएको हाे।

सहभागी १२ समुह मध्य प्रथम स्थानका लागि धारापानी र असुरकाेट युवा संजाल बीच भएको खेलमा धारापानीलाई पछि पार्दै असुरकाेट युवा संजालले प्रथम स्थान हासिल गर्न सफल भएको हो भने धारापानी दोस्रो भएको छ।

यसै गरि तेस्राे स्थानकाे लागि सितगंगा सितापुर र मालारानी बामरुक बीच भएको खेलमा सितापुरलाई पछि पार्दै बामरुकले तेस्राे स्थान हाता पार्न सफल भएको छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई कार्यक्रमका प्रमुख अतिथि भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, २ नम्बर वडाका अध्यक्ष बुद्धिबहादुर थापा, कार्यपालिका सदस्य केशरा परियार, वडा सदस्य नारायण प्रसाद खनाल, भूमिकास्थान युवा संजालका संयाेजक टेकराज भुसाल र संस्थाका अध्यक्ष जितेन्द्र खत्रीले क्रमश २५ हजार, १५ हजार र १० हजार सहित सिल्ड मेडल र प्रमाण पत्र हस्तान्तरण गर्नुभएकाे थियोे ।

प्रतिक्रिया दिनुहोस्