भुमिकास्थानको खाला खोलामा एक पुरुष मृ'त अवस्थामा फेला

| २०८० भदौ २२ गते १७: ०५ मा प्रकाशित

हरिशचन्द्र बिश्वकर्मा ,सन्धिखर्क। जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ४ मा एक पुरुष मृत फेला परेका छन्। 

भदौ २२ गते बिहान करिव ८ बजेको समयमा सन्धिखर्क नगरपालिका वडा नम्बर - ८ आँटी निवासी अन्दाजी ४० बर्षिय लोकबहादुर खत्री (उर्फ बाबु) भुमिकास्थान नगरपालिका वडा नम्बर ४ को खाला खोलामा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय धारापानीले जनाएको छ। 

मृतक खत्री सुस्त मनस्थितिका रोगि रहेको स्थानीयहरुको भनाई रहेको छ। 

प्रतिक्रिया दिनुहोस्