घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीद्वारा भुमिकास्थान नगरपालिका वडा न. ४ मा अनुगमन

| २०८० असोज १५ गते १६: २९ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। 
आश्बिन १५- घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीले सदरमुकामको अलवा स्थानीय तहका बजार क्षेत्रहरुमा पनि  अनुगमन लाई तिब्रता दिएको छ , कार्यालयको बाषिक स्वीकृत कार्यक्रम अनुसार बाणिज्य बजार अनुगमन तथा निरीक्षण गरिएको थियो ।

बजार अनुगमन भुमिकास्थान 


 सोमबार  जिल्लाको भुमिकास्थान नगरपालिका वडा न. ४ स्थित धारापानी  बजारमा रहेका गल्ला तथा किराना , कपडा तथा फेन्सी ,तथा होटलहरु स्थानीय तामाका भाडा बनाउने घुम्ती आरनलगायतको  अनुगमन गरिएको थियो  साथै , अनुगमनको क्रममा केहि पसल हरुको नवीकरण नगरिएको पसलको पुजी वृद्धि नगरिएको केहि खाध्य पसलहरुमा म्याद गुज्रिएको सामानहरु भेटिएको थियोे भने मुल्य सुची नराखीएको पसलहरुमा मुल्यसुची अनिवार्य राख्ने पसलको साइनबोर्ड राख्नु पर्ने नवीकरण तथा पुजी वृद्धिको लागि सात दिनको म्याद दिइएको थियो अनुगमन टोलिले अर्को पटक अनुगमनको बेला नियम पालना नगरेको भेटिए पाँच हजार देखी माथी जरिवाना गरिने जानकारी गराएको थियो ।

बजार अनुगमन तथा निरीक्षण

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका साहयक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यको नेतृत्वमा निस्केको अनुगमन टोलिमा घरेलु तथा साना उधोग कार्यालयका प्रमुख उधोग अधिकृत सन्तोष खनाल, भुमिकास्थान नगरपालिकाका अधिकृत शंकर अधिकारी ,नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल , घरेलु बिकास कार्यालयका उबिस  अरुण कुमार सिंह धारापानी चौकीका प्र.स.नि.रामदास कुवर कार्यालय सहयोगी हरि प्रसाद खनाल तथा सबारी चालक तेज बहादुर सारु लगायतको  उपस्थित  रहेको थियो ।

बजार अनुगमन तथा निरीक्षण भुमिकास्थान नगरपालिका वडा न. ४
भुमिकास्थान नगरपालिका वडा न. ४
अनुगमन

 

प्रतिक्रिया दिनुहोस्