नुवाकोट भैरव समाजद्वारा संचालित भैरव नाँच न्यु दिल्ली जाँदै :८ अक्टोबरको प्यारेलाल भवन आई टि.ओमा नाँच्ने

| २०८० असोज १५ गते १७: ५८ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। नुवाकोट भैरव समाज भुमिकास्थान ८ नुवाकोट, अर्घाखाँचीको संरक्षणमा निकालिएको भैरव नाँच असोज २१ गते अर्थात ८ अक्टोबर २०२३ मा भारतको राजधानी न्यु दिल्लीमा जाने भएको छ। 

"हाम्रो परम्परा ,हाम्रो रितिरिवाज ""हाम्रो पुर्खा हाम्रो पौरख नेपाली कला संस्कृति र सम्पदा राष्ट्रको गौरब "भन्ने मुला नारा बोकेको भैरव नाँच को आयोजक नेपाली आवाज दैनिक पत्रिका ,दिल्ली भारत रहेको छ भने प्रायोजक: बि. पी कोईरला फाउन्डेशन दिल्ली भारत ,युनाईटेडको ओप्रोटिब सोसाईटी दिल्ली भारत रहेको छ। 

 भैरव नाँच असोज २१ गते अर्थात ८ अक्टोबर २०२३ मा भारतको राजधानी न्यु दिल्लीमा जाने

भैरव नाँच प्रदर्शन २१ गते अर्थात ८ अक्टोबर साँझ ४ बजे देखि प्यारेलाल भवन आई टि.ओ न्यु दिल्लीमा हुने आयोजकले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्