अर्घाखाँची नुवाकोटको भैरव नाँच नपाबाट बिदा लिएर भारत प्रस्थान ग¥र्यो

| २०८० असोज १९ गते १७: १८ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। नुवाकोट भैरव समाज भुमिकास्थान ८ नुवाकोट, अर्घाखाँचीको संरक्षणमा निकालिएको भैरव नाँच असोज २१ गते अर्थात ८ अक्टोबर २०२३ को प्रस्तुतिको लागि अर्घाखाँची बाट  भारत प्रस्थान गरेको छ। 

अर्घाखाँचीका नेवार समुदायको धार्मिक एवं सांस्कृतिक आस्थाको प्रस्तुतिको रुपमा नाचिदै आएको भैरव नाँचको समुहलाई आज भुमिकास्थान नगरपालिकाले टिका अभिर खादा ओडाएर बिदाई गरेको हो। 

 भारत प्रस्थान 

"हाम्रो परम्परा ,हाम्रो रितिरिवाज ""हाम्रो पुर्खा हाम्रो पौरख नेपाली कला संस्कृति र सम्पदा राष्ट्रको गौरब "भन्ने मुला नारा बोकेको भैरव नाँच को आयोजक नेपाली आवाज दैनिक पत्रिका ,दिल्ली भारत रहेको छ भने प्रायोजक: बि. पी कोईरला फाउन्डेशन दिल्ली भारत ,युनाईटेडको ओप्रोटिब सोसाईटी दिल्ली भारत रहेको छ। 

भैरव नाँच असोज २१ गते अर्थात ८ अक्टोबर २०२३ मा भारतको राजधानी न्यु दिल्लीमा जाने भैरव नाँच प्रदर्शन २१ गते अर्थात ८ अक्टोबर साँझ ४ बजे देखि प्यारेलाल भवन आई टि.ओ न्यु दिल्लीमा हुने आयोजकले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्