अर्घाखाँचीको ढिकुरा गैरागोठमा टाटा सुमो दुर्घटना: ४ जना घाइते

| २०८० कार्तिक २ गते ००: ४७ मा प्रकाशित

अर्जुन प्रसाद घिमिरे ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर - ९ मा गाडी दुर्घटना भएको छ। 

भारतको नोयडा बाट अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ सुरसिङ्ग जाँदै गरेको HR46 -E -9134 नम्बरको टाटा सुमो गाडी ढिकुरा गैरागोठ पश्चिम पट्टि दबदबेको पहिरोमा हिंजो साँझ करिब ८ :३० को समयमा दुर्घटना भएको हो। 

दुर्घटना हुने टाटा सुमो गाडीमा ७ जना यात्रु र एक चालक सवार रहेका थिए। उक्त दुर्घटनामा ४ जना घाईते भएका छन। घाईतेहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भईरहेको खबर आएको छ। बाँकी ४ जना यात्रु भने सकुशल रहेका छन। 

टाटा सुमो गाडी सडक खण्ड बाट झन्डै ६० देखि ७० मिटर तल खसेको छ। टाटा सुमो गाडी सल्लाको रुखमा नअडिएको भए ठुलो मानवीय क्षति हुन सक्ने अवस्था देखिन्छ। 

बाटो साँगुरो र चालक नया भएको कारण उक्त टाटा सुमो गाडी दुर्घटना हुन् पुगेको हो। 

प्रतिक्रिया दिनुहोस्