अर्घाखाँचीको ढिकुरामा हिंजो साँझ भएको कार दुर्घटनामा पर्ने घाईते हरुको अवस्था र नामावली : एक जना वुटवल रिफर

| २०८० कार्तिक २ गते १७: ५३ मा प्रकाशित

पुजा कुँवर ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर - ९ मा हिंजो साँझ भएको मारुती सुजुकी कम्पनिको गाडी दुर्घटनामा घाईते हरुको अवस्था  र नामावली अर्घाखाँचीबुलेटिनले संकलन गरेको छ । 

भारतको नोयडा बाट अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ सुरसिङ्ग जाँदै गरेको HR46 -E -9134 नम्बरको मारुती सुजुकी गाडी ढिकुरा गैरागोठ पश्चिम पट्टि दबदबेको पहिरोमा हिंजो साँझ करिब ८ :३० को समयमा आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। 

दुर्घटना हुने मारुती सुजुकी गाडीमा ७ जना यात्रु र एक चालक सवार रहेका थिए। उक्त दुर्घटनामा ४ जना घाईते भएका छन। कार सडक खण्ड बाट १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखांचीले जनाएको छ। 

हेर्नुहोस घाईते हरुको अवस्था र नामावली सहित 

१- बाजुरा जिल्लाको बडिमालिका नगरपालिका बस्ने ४७ बर्षिय गोरख बहादुर साउदको मुखमा चोट लागेको र अवस्था सामान्य रहेको निजको सामान्य  उपचार पछि अस्पताल बाट डिस्चार्ज  भए पश्चात जीला प्रहरी कार्यालय अर्घाखाँचीले  नियन्त्रणमा लिएको खबर प्राप्त भएको छ। 

२ - जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर -९ ढिकुरा निवासी ५० बर्षीय रमाखर नेपाली को टाउको र शरीरको बिभिन्न भागमा चोट लागेको अवस्था मध्यम रहेको तर सामान्य उपचार पश्चात थप उपचारको लागि बुटवल रिफर गरिएको छ। 

३ - जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर -९ ढिकुरा निवासी ३० बर्षीय बिमल  नेपालीको दुवै हात खुटामा चोट लागेको अवस्था सामान्य ,सामान्य उपचार पश्चात अस्पताल बाट डिस्चार्ज गरिएको। 

४ - जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर -९ ढिकुरा निवासी ३५ बर्षिय बिष्णु नेपालीको शरीरको बिभिन्न भागमा चोट लागेको ,अवस्था सामान्य, उपचार पश्चात अस्पताल बाट डिस्चार्ज गरिएको। 

५ -जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर -९ ढिकुरा निवासी २६ बर्षिय बिपिन नेपालीको दुवै हात खुटामा चोट र शरीरको बिभिन्न भागमा चोट अवस्था सामान्य उपचार पश्चात अस्पताल बाट डिस्चार्ज गरिएको छ। 

 

प्रतिक्रिया दिनुहोस्