अर्घाखाँचीमा आगलागी घरगोठ जलेर नष्ट

| २०८१ बैशाख १९ गते २३: ५६ मा प्रकाशित

माधव खनाल 
१९ वैशाख अर्घाखाँची 
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड न १ ढाकावाङ्ग साम्नेगाउँ र प्युठान जिल्ला मल्लरानी गाउँपालिका वार्ड न २ को सिमाना  बराथाना बासिम्ला  दाइहाल्ने सिउडेनी सिद्धाथाना वरिपरिको जङ्गलमा भीषण आगलागी भइरहेको आगलागीको कारण  अर्घाखाँची जिल्ला भुमिकास्थान १ साम्नेगाउँ सिउडेनिका टेकबहादुर थापाको घरगोठ र गोठमा रहेका बाख्राहरु त्यस्तै प्युठान जिल्ला मल्लरानी गाउँपालिका वार्ड न २ का पितम बहादुर राहुको घरगोठ डोरबहादुर राहुको घरगोठ जलेर नस्ट भएका छन  तिब्रगतिमा हावाहुरी चलेकोकारण  आगलागि नियन्त्रण गर्न समस्या भएको छ। 

भने आगलागीले  सिउडेनी धपखोला चिउडा गेरुमाटा तिरका बस्तिहरु जोखिम रहेका छन  आगलागी बाट क्षतिको एकिन विवरण आउन बाकी रहेको स्थानीय कुलराज भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्