खिल्जी युवा कलबद्वारा संञ्चालित वडा स्तरीय भलिबल तथा ब्याडमेन्टन खेल सम्पन्न

| २०८० कार्तिक ४ गते १९: ०५ मा प्रकाशित

विकास सुनार , भूमिकास्थान ।अघाखाँची जिल्लाको भूमिकास्थानमा नगरपालिका वडा नं ६ खिल्जीमा रहेको " खिल्जी युवा कलब दारा सञ्चालित भलिबल तथा ब्याडमेन्टन  कार्तिक ४ गते सम्पन भएको छ ।

कार्यक्रममा अध्यक्षता विष्णु बेलबासे ,संयोजक चन्द्र बहादुर बस्नेत, विशिष्ट अतिथि सुर्य बहादुर थापा  , विशिष्ट अतिथी जय गोपाल श्रेष्ठ सयोजक सामाजिक विकास समिति, साना किसान सहकारी संस्था लिमिटेड का पशु डाक्टर पोभाखर बन्जाडे , शंकर  तथा स्थानीय समाज सेवी खिल्जी प्रहरी इन्जाजको सहभागी रहेको थियो ।

लगातार दुई  दिन सम्म चलेको खेलमा सहभागी ८ टिम लाई पछि पादै भलिबल तर्फ शंकर परियारको टिम प्रथम हुन् सफल भएको छ भने द्वितीय स्थान कृष्ण थापा टिम र तृतीय स्थान निशान रोका मगरको टिमले हात पारेको छ। 

 ब्याडमिन्टन तर्फ प्रथम स्थान टेक बहादुर पुनको टिम ,द्वितीय चोप बहादुर वि. कको टिम र तृतीय सुरज वि. क को टिम भएको छ। 

भलिबल तथा ब्याडमिन्टन तर्फ प्रथम, दितीय , तृतीय स्थान हासिल गर्ने खेलाडीलाई नगद तथा मेडल प्रमाणपत्र  भु. न . पा ५ का वडा अध्यक्ष भु. न . पा. ६ का वडा सदस्य तथा खिल्जी युवा कलबका अध्यक्ष दारा पुस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्