भुमिकास्थानमा मकैको खोस्टा ( पोस्कर ) बाट हस्तकलाका सामाग्री उत्पादन सम्बन्धि तालीम सम्पन्न (फोटो फिचर सहित)

| २०८० मंसिर २२ गते १४: ३८ मा प्रकाशित

सागर मरासिनी , भुमिकास्थान। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा  " कृषि , पर्यटन , उधोग र स्वरोजगार समृद्ध भुमिकास्थानको मुल आधार" भन्ने नारा सहित मकैको खोस्टा ( पोस्कर)  बाट हस्तकलाका विभिन्न सामाग्री उत्पादन सम्बन्धी ३० दिने सिपमुलक तालिम आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

 ३० दिने सिपमुलक तालिम

प्रधान्मन्त्री रोजगार कार्यक्रम तर्फ सुचिकृत बेरोजगारहरु लाई स्वरोजगार बनाउने अभिप्राय सहित यहि मिति २०८० कार्तिक १४ गते देखि संचालन भएको तालिममा प्राबिधिक सहयोग ॐ राजश्री मल्टी एग्रो प्राली काठमाडौं र भुमिकास्थान नगरपालिका को आयोजना रहेको थियो ।

मकैको खोस्टा ( पोस्कर)  बाट हस्तकलाका विभिन्न सामाग्री उत्पादन सम्बन्धी ३० दिने सिपमुलक तालिम 

उक्त कार्यक्रम भुमिकास्थान  ०७ र ०८ मा संचालन भएको हो । 

मकैको खोस्टा ( पोस्कर)  बाट हस्तकला

कार्यक्रममा भुमिकास्थान नगरपालिका का नगरप्रमुख झविलाल थापा , प्रमुख प्रशासकिय अधिकृत  खिमानन्द आचार्य , योजना शाखा प्रमुख हरिशचन्द्र भुसाल , भुमिकास्थान ०७ का वडा अध्यक्ष रामचन्द्र ढुङ्गाना , भुमिकास्थान ०८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ,  पत्रकार सागर मरासिनी अनि पत्रकार दिपेन्द्र पौडेलको उपस्थिति रहेको थियो ।

नगरप्रमुख झविलाल थापा 
वडा अध्यक्ष राजकुमार श्रेष्ठ,
सम्मानित हुँदै अर्घाखाँची बुलेटिन का प्रधान सम्पादक सागर मरासिनी
मकैको खोस्टा ( पोस्कर)  बाट हस्तकलाका विभिन्न सामाग्री उत्पादन

प्रतिक्रिया दिनुहोस्