भुमिकास्थान धन्चौरको लक्ष्मीडाडामा एक कार्यक्रमका बीच गुम्बाको नगरप्रमुख झबिलाल थापाद्वारा उदघाट्न

| २०८० पौष १ गते १५: ०९ मा प्रकाशित

भुमिकास्थान नगरपालिका वाड १० धन्चौर लक्ष्मीडाडामा नबनिर्मित गुम्बाको एक विशेष  कार्यक्रमका बिच  नगर प्रमुख झबिलाल थापाले उदघाट्न गर्नु भएको छ।

गुम्बाको उदघाट्न गर्दै  नगरप्रमुख झबिलाल थापाले नगरमा रहेका पर्यटकिय ,धार्मिक,सास्कृतिक  तथा ऐतिहासिक क्षेत्रको बिकासका लागी अगाडी बढेको भन्दै नगरको सम्पतिको रुपमा नबनिमिर्त गुम्बाले  गौतम बुद्धको सन्देश आदर्श,मुल्य मान्यतालाई जोडेर अगाडी बढ्ने बताउनु भयो । गुम्बाको प्रबर्द्धन बिकास र आक्रमण गनतब्यको रुपमा बिकास गर्न सबैले ध्यान दिनु पर्ने नगर प्रमुख थापाले बताउनु भयो । धन्चौर बिधालयको पढ्दै,कमाउदै,रमाउदै कार्यक्रम चर्चा गर्दै प्रमुख थापाले नगरले  श्रमलाई  उत्पादन संघ जोड्ने योजना तथा कार्यक्रम मार्फत आत्मनिर्भर बनाउने बताउनु भयो । 

कर्मसिल कार्यक्रम मार्फत उत्पादन,आर्थिक बिकास र रोजगारीलाई केन्द्र भागमा राखेर बिकास र समृद्धिको यात्रामा अगाडि बढेको नगर प्रमुख थापाले बताउनु भयो ।कार्यक्रमका विशेष अथिती एबम  भुमिकास्थान  नगरपालिका वाड १0 धन्चौरका वाड अध्यक्ष खगेस्वर पन्थीले नबनिर्मित गुम्बालाई जिल्लाकै पर्यटकिय गनतब्यको रुपमा बिकास गर्नुपर्ने भन्दै गुम्बाको बिकास,प्रबर्द्धनका लागी सबै पक्ष एक भयर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेकपा एकीकृत समाजबादीका जिल्ला कमिटी सचीव युबराज पौडेलले कला सस्कृतीको जगेर्ना गर्दै उत्पादनमा जोड दिदै आर्थिक बिकासमा सबैले ध्यान पर्ने बताउनु भयो ।

 कार्यक्रममा नेपाल पत्रकार संघ अर्घाखाँचीका सहसचिव हृदय भुसाल ले गुम्बालाई परम्परागत संस्कृती,पहिचान लाई जोडी आर्थिक बिकासमा समेत ध्यान पुराउनु पर्ने बताउनु भयो । कार्यक्रममा (नेकपा)एमाले भुमिकास्थान १0 वाड अध्यक्ष रेशम क्षेत्री,एकीकृत समाजबादी अध्यक्ष सुभ बहादुर समाल, नेकपा माओबादी अध्यक्ष कमल उचाई,जनमोर्चाका बिष्णु भट्टराई स्वास्थ चौकीका अहेव तिलकराम भट्टराई,समाजसेवि तथा निर्माण ब्यबसायी सुधीर नेपाली सुभकामना मनतब्य व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा  सामाजिक तथा राजनीति ब्यक्तीत्व तारापती भट्टराई नेपाल पत्रकार महासंघका जिल्ला सदस्य गोपाल भट्टराई,रेड्क्रश धन्चौर शाखा सभापति डिलाराम पान्डे,सामाजिक ब्यक्तित्वहरु बिष्णु चुदाली,पुनाराम भट्टराई नवीन घम,मित्रलाल भुसाल,खुम बहादुर नेपाली,लगायतको आथित्यता रहेको थियो ।उदघाटन कार्यक्रम जित बहादुर गुरुङको अध्यक्षता, ज्ञानकला गुरुङको स्वागत मनतब्य र भोजन गुरुङको संचालनमा सम्पन्न भएको छ । 

स्थाननिय बासीको व्यापक उपस्थिति रहेको  गुम्बा उदघाट्न कार्यक्रममा बिभिन्न तमु समुदायका कला प्रस्तुतिहरु समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्