बाबुराम पौडेल द्वारा धर्मावती बिधालय दुर्बाङ्ग र जनजागृती बिधालयमा बिद्यार्थी आवश्यक सामाग्री वितरण

| २०८० पौष २ गते १९: १९ मा प्रकाशित

प्रकाश "दाइ" भुमिकास्थान। अर्घाखाँची जिल्लाको भुमिकास्थान ०६ खिल्जी निवासी बाबुराम पौडेल ले आज त्यहा स्थित धर्मावती बिधालय  दुर्बाङ्गमा स्कुल झोला र जन जागृती बिधालय लाई   न्यानो टोपी ,  स्विटर , जुत्ता अनि मोजा  वितरण गर्नु भएको छ ।

 दुर्बाङ्गमा स्कुल झोला, न्यानो टोपी ,  स्विटर , जुत्ता अनि मोजा  वितरण

पौडेल द्वारा धर्मावती बिधालयलाई  ७५  थान स्कुल झोला त्यसै गरि जन जागृती बिधालयलाई १२५ थान न्यानो टोपी , १२५ थान स्विटर, १२५ थान जुत्ता अनि १२५ थान मोजा उक्त बिधालयमा अध्ययनरत बिधार्थिलाइ बितरण गर्नुभएको छ ।

बिद्यार्थीलाई आवश्यक सामाग्री  वितरण 

साथै  पौडेल द्वारा आफु कार्यरत संस्था 'म्याच हिम'  पोखरा- ३० खुदि मार्फत  यि उल्लेखित जिन्सिहरु बिधालयलाई उपलब्ध गराउनुभएको हो । 

झोला, न्यानो टोपी ,  स्विटर , जुत्ता अनि मोजा  वितरण

उहाँले  गत बर्ष पनि   जनजागृती बिध्यालय डोटापोखरालाई   प्रोजेक्टर लगायतका शैक्षिक सामाग्रीहरु उपलब्ध गराउनुभएको हो।

प्रतिक्रिया दिनुहोस्