सत्यदेवी आवि धन्चाैर सेङलेङ्गमा वार्षिकोत्सब, अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

| २०८० पौष ५ गते १८: २० मा प्रकाशित

टेकराज भुसाल,बुटवल । भूमिकास्थान नगरपालिका १० धनचाैर सेङलेङ्गमा रहेको सत्यदेवी आधारभूत विद्यालयले ४८ औं वार्षिकोत्सब, अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।

बुधबार एक समारोहबीच नगरप्रमुख झविलाल थापाले विद्यालयको वार्षिकोत्सब, अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रमकाे उद्घाटन गर्नुभएको हो। साे अवसरमा बाेल्दै नगरप्रमुख थापाले समग्र भूमिकास्थान नगरपालिकाकाे शैक्षिक अवस्था तथा शैक्षिक गुणस्तर  लगानी अनुसारको नभएको भन्दै शैक्षिक गुणस्तर सुधार गर्न विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक एकजुट भएर लाग्नुपर्ने बताउनुभयो।

कृषि,पर्यटन र उद्योगलाई आर्थिक मेरुदण्डका रुपमा अघि सारेर भुमिकास्थानले नगरभित्र रहेको बाँझो जमिनमा व्यवसायिक कृषि उत्पादन संचालन गरेको  र बेरोजगारहरुलाई गाउँमै काम दिनेगरि कर्मशिल जनशक्तिलाई रोजगार दिएकाे बताउदै नगरप्रमुख थापाले कृषि,पर्यटन र उद्योगलाई व्यवसायिक बनाउने,भौतिक निर्माण र विकासका काममा समेत युवाहरुलाई क्षमता अनुसारको काम दिने गरि  कर्मशिल जनशक्ति परिचालन कार्यक्रम संचालन गरिएको  बताउनुभयो।

धनचाैर सेङलेङ्गमा रहेको सत्यदेवी आधारभूत विद्यालयले ४८ औं वार्षिकोत्सब,

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तुवलाल सापकोटाले सत्यदेवी आधारभूत विद्यालय शैक्षिक गुणस्तरमा अन्य विद्यालयको तुलनामा सन्ताेषजनक रहेको र आगामी दिनमा अझ थप शैक्षिक गुणस्तर दिनेमा आफू आशावादी रहेको बताउदै त्यहि अनुसार अघि बढ्न सम्पूर्ण शिक्षक, विद्यालय व्यवस्थापन समिति, बिद्यार्थी, अभिभावक र सराेकारवाला सक्रिय हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा कार्यपालिका सदस्य तथा वडा नम्बर १० का सदस्य गिरबहादुर नेपाली, वडा सदस्य जनकलाल गैरे, विभिन्न विद्यालयका प्रअ, राजनीति दलका प्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले  बाेल्दै शिक्षामा गुणस्तर सुधारका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो।

 ४८ औं वार्षिकोत्सब

विद्यालयका प्राचार्य बिष्णु बन्जाडेले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा विद्यालयले आन्तरिक रुपमा संचालन गरेका विभिन्न परिक्षा, खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमनाथ खनालको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्