श्री वीरेन्द्र आधारभूत विद्यालय भुनपा ४ धारापानी अर्घाखाँची को ४४ औँ वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न

| २०८० पौष १३ गते २०: ०१ मा प्रकाशित

बिराट पहारी अर्घाखाँची। जिल्लाकाे भुमिका स्थान नगरपालिका   वडा न ४ धारापानी मा अवस्थित श्री वीरेन्द्र आधारभूत  विद्यालयकाे ४४ औँ वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ । वि स २०३६ सालमा स्थापना भएको विद्यालयले वार्षिकोत्सब मनाएकाे हाे । कार्यक्रमकाे उद्घाटन भू.न.पा प्रमुख झविलालथापाले गर्नुभएको हाे ।  

 भू.न.पा प्रमुख झविलाल थापा

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका  थापाले समय अनुकुल व्यवहारिक शिक्षाकाे आजकाे आवश्यकता रहेको बताउनुभएकाे छ । अहिले शिक्षा प्रणालीलाई समय अनुकुल बनाई व्यवहारिक बनाउन आवश्यक रहेको बताउदै देशका तिनै तहका सरकारले यस बिषयमा छलफल र बहस गर्न आवश्यक रहेको बताउनुभयो । फरक प्रसङ्गमा थापाले आजभाेली गाउँमा शिक्षा,स्वास्थ,भाैतिक पुर्वधार लगाएतका सेवा सुविधा आए पनि नागरिकहरू बसाइँसराइ गरि गाउँ छाेडी ,सहर र सहर  छोडी प्रदेश जानेको क्रम बढेको बताउनुभयो । देशको जनशक्ति बिदेश तिर नै बढी  पलायन भएको बताउनुभयो ,शिक्षा लाई अगाडी बढाउने शिक्षक मात्रै काम नभै अभिभावक ले पनि जोड दिनुपर्ने कुरा जोड्नुभयो । 

 धारापानी मा अवस्थित श्री वीरेन्द्र आधारभूत  विद्यालयकाे ४४ औँ वार्षिकोत्सब तथा अभिभावक भेला 

कार्यक्रमका विशिष्ट अतिथिहरुमा पुर्व न.पा प्रमुख तथा अक्षयकोष दाता रेशम थापा,न.पा उप प्रमुख श्री बालकृष्ण बंजाडे सोही नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्य शिक्षा क्षेत्र लाई अगाडि बढाउने कसरी सरकारी विधालयमा विद्यार्थी हरुलाई आकषिर्त गराउने कुरामा जोड दिने कुरामा ध्यान दिन जरुरी रहेको बताउनुभयो। विशेष अतिथि समेत रहनु भएका न.पा शिक्षा शाखा अधिकृत तुवलाल सापकोटाले मन्तव्य राख्ने क्रममा गाउँ रित्तियको बजार मुखी भएको ,विधार्थी संख्या न्यून रहेको साथै धेरै समय सम्म विधालय व्यवस्थापन समिती गठन हुन नसकेको र बढी राजनैतिक चलखेल भएको ,अभिभावक ले स्कुल संङै आफ्नो बाल बच्चा मा त्यति ध्यान नदियको ,सामाजिक संजाल को सहि सदुपयोग गर्न नसकेको कुरामा जोड दिनुभयो। मन्तव्य राख्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँची जिल्ला संयोजक हरी प्रसाद भुसाल ले विधालय मा हुने राजनैतिक चलखेल अन्त हुनु पर्ने , राजनिती गर्ने अखडा नबनाउन नि अरु दलहरु समक्ष आफ्नो धारणा प्रस्तुत गर्नुभयो उहाँ ले थप्दै भन्नुभयो हाम्रो पार्टी ले कुनै पद चाहेको र कुनै भाग पाउनु पर्छ भनेको छैन र कदापी भन्ने पनि छैन तर  नराम्रो काम विधालयको आच आउने कुनै पनि निणर्य  गरेमा जवाफ अवश्य खोज्नेछ । 

श्री वीरेन्द्र आधारभूत  विद्यालयकाे ४४ औँ वार्षिकोत्सब तथा अभिभावक भेला

कार्यक्रममा भु.न.पा ४ का अध्यक्ष बाबुराम सुनार ,ने.क.पा जिल्ला इन्चार्ज खेम घर्ती ,ने.क.पा नगर सचिव कुल राज वंजाडे , लगाएतले वार्षिकोत्सब अवसरमा शुभकामना दिनुभएको थियाे । कार्यक्रममा विद्यालयका प्राध्यानाध्यापक गोविन्द बहादुर खड्का ले  ६४ लाख २९ हजार ६ सय ५२ रूपैयाँ बराबरको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुति गर्नु भएको थियाे ।  

कार्यक्रममा शिक्षिक हुम प्रसाद चुँदाली ले स्वागत मन्तव्य राख्नु भएको थियाे । कार्यक्रम को बिच-बिचमा विद्यार्थी हरु बाट नृत्य प्रस्तुत  भएको थियो ।कार्यक्रम को अवसरमै विभिन्न अतिरिक्त क्रियाकलाप मा सफल हुने विद्यार्थी हरुलाई पुरस्कार वितरण र गरिव जेहेन्दार विद्यार्थी हरुलाई पोसाक वितरण गरिएको थियो भने चन्दादाता तथा अक्षयकोष दाताहरुलाई सम्मान गरिएको थियो।

४४ औँ वार्षिकोत्सब तथा अभिभावक भेला

भने शिक्षकअभिभावक संघका अध्यक्ष नारद पन्थी सुनारको सभाध्यक्षमा सम्पन्न भएको थियाे । कार्यक्रममा अध्यक्षले हाम्रो विधालयले अर्घाखाँचीमा एक छुट्टै पहिचान बाेकेकाे हुनाले यस्काे समग्र विकासका लागि सबै अग्रसर भइ लाग्नु पर्ने बताउनुभयो ।

धारापानी मा अवस्थित श्री वीरेन्द्र आधारभूत  विद्यालयकाे ४४ औँ वार्षिकोत्सब

विद्यालयमा विद्यार्थीकाे सङ्ख्या वृद्धि गर्ने,विद्यार्थीहरूलाई दिवा खाजा वृद्धि  गराउन लागि पहल गर्ने,विद्यालयकाे भाैतिक तथा शैक्षिक गुणस्तर वृद्धिका लागि बिशेष याेजनाका साथ अगाडि बढ्नु पर्ने  बताउनुभयो । कार्यक्रम को संचालन विकास सिंह ले गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्