अर्घाखाँचीमा जवरजस्ती करणी मुद्धामा फरार रहेका प्रतिवादी पक्राउ

| २०८० माघ ५ गते २१: ०० मा प्रकाशित

पुजा कुँवर ,अर्घाखाँची।अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर  ९ निवासी केशब दर्लामी जवरजस्ती करणी मुद्धामा पक्राउ परेका छन्। 

दर्लामीलाई २०७७ साल असार १५ गते का दिन अर्घाखाँची जिल्ला अदालत ले ५ बर्षको कैद तोकेको थियो। कैद तोके पश्चात उनि फरार रहेका थिए। 

केशब दर्लामीलाई बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले २०८० साल माघ ४ गते पक्राउ गरि जिल्ला अदालत अर्घाखाँचीमा पेश गरि ,कैद भुक्तानका लागी कारागार चलान गरिएको खबर प्राप्त भएको छ। 

प्रतिक्रिया दिनुहोस्