अर्घाखाँची :चिदिचौरमा रहेको १५ शैयाको अस्पताल सञ्चालनमा आउँन सकेन

| २०८० माघ ६ गते २०: ३५ मा प्रकाशित

बिकास सुनार ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं ०७ चिदिचौरमा रहेको १५ शैयाको अस्पताल सम्पन्न भएको ०५ महिना वितिसक्दा पनी सञ्चालनमा आउन सकेको छैन।

पुष्पा विल्डर्स कम्पनीले निर्माण कार्य सम्पन्न गरेतापनी हालसम्म उक्त हस्पिटल सञ्चालनमा आउँन सकिरहेको छैन । करिब १८ करोड लगानीमा निर्माण भएको यो अस्पताल मेडिकल उपकरण तथा दक्ष जनशकती नहुँदा सञ्चालनमा ल्याउन नसकेको नगर प्रमुख झविलाल थापा बताउनु हुन्छ । 

नगरपालिकाको आन्तिरक श्रोत न्युन हुँदा उपकरण खरिद गर्न नसक्दा प्रदेश र सङ्घीय सरकारलाई व्यवस्थापनका लागि अनुरोध गरेको  बताउनु भयो । झट्ट हेर्दा अर्घाखाँची जिल्लाको सबैभन्दा ठुलो भवन निर्माण  भएतापनी जनतालाई बेलैमा सेवा सुविधा उपलब्ध नहुँदा स्थानीयलाई चिन्तित बनाएको छ ।

 भूमिकास्थान नगरपालिकामा स्वास्थ्य चौकी बाहेक ठुला अस्पाताल नहुँदा स्थानीयलाई सास्ती भएको छ । अस्पाताल सञ्चालन ल्याउन  नसक्दा भूमिकास्थानका  स्थानीय सर्वसाधनलाई सामान्य विरामी हुँदा समेत उपचारका लागि  सन्धीखर्क वुटवल जान बाध्य भएका छन ।

प्रतिक्रिया दिनुहोस्