भुमिकास्थान मा नगरस्तरिय छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु

| २०८० माघ ७ गते १६: ५४ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। भुमिकास्थान  नगरपालिका अर्घाखाँची मा नगरस्तरिय छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु भएको छ । 

प्रतियोगिताको एक भब्य समारोहबीच नगरप्रमुख झबिलाल थापाले पानसमा बत्ति बालेर उदघाटन गर्नु भएको थियोे ।

नगरप्रमुख झबिलाल थापाद्वारा पानसमा बत्ति बालेर उदघाटन

भुमिकास्थान नगरपालिका वार्ड नम्बर ८ रातापोखरा खेलमैदान मा भएको कार्यक्रममा नगरपालिका उपप्रमुख बालकृष्ण बन्जाडे  नगरपालिका का पुर्व प्रमुख रेसम थापा प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्य जिल्ला समन्वय समितिका सदस्य झुपलाल खनाल जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष प्रेम आले वार्ड अध्यक्ष लगाएतका जनप्रतिनिधि हरु कर्मचारी हरुको उपस्थिति रहेको कार्यक्रम को सन्चालन कम्प्युटर अधिकृत षेशकान्त घिमिरे ले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्