अर्घाखाँचीको छत्रदेव गाउँपालिका वार्ड नं. ६ को वडाध्यक्षमा पुन: कमल पौडेल निर्वाचित

| २०७९ जेठ ८ गते ००: २८ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वार्ड नं. ६ को वडाध्यक्षमा पुन: कमल पौडेल निर्वाचित भएका छन् । वडाध्यक्षमा नवनिर्वाचित पौडेलले वडाबासी  जनताको विश्वास टुट्न नदिने बताएका छन् । शुक्रबार पत्रकारहरु सँग कुराकानी गर्दै पौडेलले वडावासीको साथ र सहयोगले पुन: वडाध्यक्षमा निर्वाचित भएको बताउँदै जनताले दिएको जिम्मेवारलाई थप ससक्त भएर निर्वाह गर्ने बताए ।

पौडेलले प्राप्त जिम्मेवारीलाई थप कुशलताका साथ विगतका कमी कमजोरीहरूलाई समेत सच्चाउँदै निर्वाह गर्ने वचनबद्धता व्यक्त गरे । ‘वडाबासी जनताले जुन विश्वासका साथ पुन: वडाध्यक्षमा जिताउनु भएको छ । त्यो विश्वास कदापी टुट्न दिने छैन् । अघिल्लो कार्यकालमा भएका कमीकमजोरीहरुलाई सच्चाउँदै जिम्मेवारी निर्वाह गर्ने छु ।’ – पौडेलले भने ।

उनले वडाका सबै राजनीतिक दल सँग बृहत्तर विकास एवं जनताका सुखदुःखका सवालमा हातेमालो गर्दै अघि बढ्ने कुरा अवगत गराए । उनले आफ्ना प्रतिद्वन्दीलाई आफ्नो जितमा सबैको जित हुने गरि काम गर्ने र बलियो सहकार्य गर्ने विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस्