अर्घाखाँची का एक ईमान्दार कर्मनिष्ट दशकौं सम्म जिल्लावासीको सेवा दिईरहेका चालक पन्थीको निधन

| २०८० असोज २० गते ०४: २० मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। देउराली यातायात प्रालि अर्घाखाँचीका पुर्ब गाडी धनी केशब पन्थी को निधन भएको छ। 

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका स्थायी घर भएका पन्थी लामो समय देखि घाटीको क्यान्सर रोग बाट ग्रसित रहेका थिए। उनको अशोज १९ गते शुक्रवार दिउँसो करिब १ बजे काठमाण्डौ को एक अस्पतालमा उपचारको  क्रममा ४५ बर्षको कलिलो उमेरमा मृ'त्यु भएको हो। 

पन्थी अर्घाखाँची मा धेरै लामो समय सम्म यातायातमा जिल्लावासीको सेवा गरेका एक सच्चा इमान्दार चालक थिए। उनको आकास्मिक निधनले सम्पूर्ण देउराली यातायात प्रालि परिवार अत्यन्तै स्तब्ध रहेको अशोक भुसाल बताउछन।

केशब पन्थी को असमायिक निधनको खबरले अर्घाखाँची बुलेटिन परिवार अत्यन्तै स्तब्ध भएका छौं ,यस दु:खद घडीमा दिबंगत आत्माको चिर - शान्तिको कमाना  गर्दै भावपूर्ण हार्दिक श्रद्वान्जली अर्पण गर्न चाहान्छौं ,साथै यस दुखको यस घडीमा शोक सन्तप्त परिवार जान ,इष्टमित्र तथा शुभचिन्तक प्रति गहिरो सहानुभुती प्रकट गर्दै धैर्य धारणा गर्ने शक्ति सुपा देउराली माताले प्रदान गरुन भनि अर्घाखाँची बुलेटिन परिवार हार्दिक समवेदना व्यक्त गर्दछौं। 

 

प्रतिक्रिया दिनुहोस्