तीन महिने अभियान अन्तर्गत छत्रदेव गाउँपालिकामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

| २०८० असोज २७ गते १७: १४ मा प्रकाशित

पुजा केसी ,अर्घाखाँची। जनता सग (माओबादी केन्द्र ) बिशेष रुपान्तरण तीन महिने अभियान अन्तरगत जिल्लाको छत्रदेब गाउँपालिका वडा न.४ को शारदा शारदा माध्यमिक बिध्यालयमा केरुङ्गा अमराइमा एकदिने बृहत  निशुल्क स्वास्थ शिबिर संचालन सम्पन्न भयकाे छ।

 शिबिरमा फिजिसियन बिशेषज्ञ , हाडजोर्नी तथा नसा विशेषज्ञ , महिला तथा स्त्रीरोग विशेषज्ञ , आँखा उपचार सेवा तथा इसिजी लगायतका सेवाहरु संचालन गरिएको छ ।
   
शिबिरमा (माओबादी केन्द्र) का केन्द्रिय सदस्य तथा तीन महिने अभियानका इन्चार्ज बामदेब क्षेत्री पार्टी केन्द्रिय सदस्य तथा छत्रदेब इन्चार्ज अनिल किशोर घिमिरे , छत्रदेब गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ , उपाध्यक्ष मनि पन्थी प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्त , पार्टी प्रदेश कमिटी सदस्य तथा जिल्ला इन्चार्ज राजेन्द्र भुसाल , प्रदेश कमिटी सदस्य धर्मराज भुसाल रामलाल पराजुली  पार्टी स्थानीय वडा अध्यक्षहरु तेज प्रसाद खनाल भिमलाल खनाल  पार्टी गाउँकमिटीका अध्यक्ष तारा प्रसाद पान्डे उधोग ब्यापार संघका केन्द्रिय सदस्य नारायण  खनाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल स्थानीय पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको छ। शनिवार आयाेजना गरिएकाे उक्त शिविरमा करिब ४०० जनाले सेवा प्राप्त गरेका छन।
  
 शिबिर लाई Youth for nation  सहयात्रा रास्ट्रका लागी युबा पाल्पाले प्राबिधिक सहयोग गरेको छ।

प्रतिक्रिया दिनुहोस्