अर्घाखाँचीमा सनिवार ३ जना कोरोना संक्रमित थपिए

| २०७८ असार १२ गते २०: ०७ मा प्रकाशित

श्याम घिमिरे।
असार १२ अर्घाखाँची –अर्घाखाँचीमा सनिवार थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

 पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा २ जना र छत्रदेव गाउँपालीकामा १ जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २५ सय ३ पुगेको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा १८८ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ५७ जना, भुमिकास्थान नगरपालीमा ३३ जना, शितगंगा नगरपालीकामा १५ जना, मालारानि गाउँपालीकामा ३२ जना, पाणिनि गाउँपालीकामा २४ जना र छत्रदेव गाउँपालीकामा २७ जना संक्रमित रहेका छन । संक्रमितमध्ये हालसम्म २१ सय ८० जनाले कोरोनालाई जितेका छन भने ६५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्