धारापानीका आगलागी पीडित परिवारका विद्यार्थीलाई भाग्य बाेक्ने झाेला वितरण(तस्विर सहित)

| २०८१ बैशाख २८ गते १९: ५५ मा प्रकाशित

टेकराज भुसाल,अर्घाखाँची। पहिलो पाइला नेपाल बुटवल शाखाले अर्घाखाँची धारापानीका आगलागी पीडितका परिवारका विद्यार्थीलाई भाग्य बाेक्ने झाेला बितरण गरेको छ।

विपतकाे साथी पहिलाे पाईला भन्ने अभिप्रायका साथ आकस्मिक घटनामा पिडितलाई सहयाेग गर्ने हेतुले पहिलाे पाईला नेपालद्वारा सञ्चालित "रु १ अभियान" बाट पहिलाे पाईला नेपाल बुटवल शाखाले भूमिकास्थान नगरपालिका-३ धारापानीमा बैशाख ८ गतेकाे आगलागी पीडित परिवारका विद्यार्थीलाई झाेला, कपि, पेन, खाजा बाेक्ने टिफिन, काेल्गेट, रुमाल लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको हो।

आगलागीबाट गाँस, बास र आवास गुमाएका पिडित परिवारलाई मल्हम लगाउने हेतुले शुक्रबार अन्नपूर्ण मावि रातामातामा आयोजित एक कार्यक्रममा भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, ३ नम्बर वडाका वडाध्यक्ष कृष्णप्रसाद बन्जाडे, अन्नपूर्ण माविका अध्यक्ष नारायणप्रसाद भुसाल, प्र.अ सुवासचन्द्र बन्जाडे, पहिलो पाइला बुटवल शाखाका उपाध्यक्ष सन्तोष बन्जाडे, भूमिकास्थान युवा संजालका संयाेजक टेकराज भुसाल, संस्थाका सहकाेषाध्यक्ष नरेश न्याैपाने, कार्यसमिति सदस्य गाैरव खनाल, सुवास भट्टराई, रुद्र खनालले २२ जना आगलागी पीडित परिवारका विद्यार्थीलाई हस्तान्तरण गर्नुभएको हो।

साे अवसरमा बाेल्दै भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाले बर्षायाम अगावै आवासबिहिन परिवारलाई आवासकाे प्रबन्ध गर्ने बताउनुभयाे।

भूमिकास्थान-३ का वडाध्यक्ष कृष्णप्रसाद बन्जाडेले आगलागीले वडामा अकल्पनिय क्षति भएकाे बताउदै पिडितहरुलाई आबश्यकताकाे आधारमा एकद्वार प्रणालीमार्फत राहत वितरण गरिएको बताउनुभयो।

संस्थाका बुटवल शाखा उपाध्यक्ष सन्तोष बन्जाडेले पहिलाे पाईला नेपालद्वारा आकस्मिक घटनामा सहयाेग उपलब्ध गराउने हेतुले सञ्चालित रू १ अभियान बुटवल शाखाद्वारा संचालन गरि भाग्य बाेक्ने झाेला र शैक्षिक सामग्री उपलब्ध गराएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्