सन्धिखर्क खानेपानी कार्यालयले महशुल दर घटायाे

| २०७८ असार २३ गते १८: ०७ मा प्रकाशित
कमला थापा व्यवस्थापक

कमला थापाका अन्य रिपोर्टहरु :

अर्घाखाँची। शहरी बिकाश मन्त्रालय,निर्वाचन क्षेत्र बिकाश कोष,५ न. प्रदेश,सन्धिखर्क न.पा.र सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मुल सस्थाको संयुक्त लगानीमा आयोजनाको प्रारम्भ भएकाे नाैलापानी राटटारी सन्धिखर्क १ र २ खानेपानी आयोजना तथा चरिङे मुहान निर्माण कार्य  सम्पन्न भएको छ। 

 खानेपानी संचालनमा सुधार आएको कारणले गर्दा यही २०७८ साल श्रावण  १ गते देखि लागू हुने गरि खानेपानी महशुलमा हाल कायम रहेकाे न्युनतम महशुल दर २५० लाई घटाई २०० कायम गरिएकाे सवै ग्रहाक बर्गहरुमा यसै सुचना द्दारा जानकारी गराईएकाे छ।

साथै यस आयोजनालाई शुरूकाे चरण देखि अन्तिम चरण सम्म आयोजना निमाण गर्दा सहयाेग तथा हाैसला प्रदान गर्नु हुने अर्घाखाँची जिल्लाका माननियहरू सन्धिखर्क नगरपालिका ,खानेपानी तथा सरसफाई डिभिजन कार्यालय  पाल्पा ,सामाजिक कार्यमा अग्रिम भुमिका निभाउने बुद्धिजीवी हरू पत्रकार हरू ,राजनैतिक दल नागरिक समाजका अगुवाहरू, तथा निर्माण ब्यबसायी हरूमा सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर आयोजना सन्धिखर्कले धन्यबाद ज्ञापन गरेको छ। 

प्रतिक्रिया दिनुहोस्