सन्धिखर्कबाट भैँसी लोड गरी प्युठान तर्फ लैँजादै गरेका गाडीलाई ५ हजार जरिवाना

| २०७८ सावन ४ गते १९: ४१ मा प्रकाशित

अर्घाखाँची। मिति २०७८ साल ३ गते साँझ अन्दाजी ५ :२०  बजेको समयमा अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालिका वडा नं. २ बेलबाटिका स्थित लु २ च ८३१३ नं.को बोलेरो जिपमा २ वटा स्त्री जातको भैँसी लोड गरी प्युठान तर्फ लैँजादै गर्दा पक्राउ परेका छन।  

सन्धिखर्कबाट प्युठान तर्फ लैँजादै गरेको अवस्थामा जिप्रका बाट खटिइएको प्रहरीको टिमले फेलापारी उक्त भैँसी सहितको गाडीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सन्धिखर्क नगरपालिकाको कार्यालय पठाएको थियो। 

नगरपालिकाले भैँसी लोड गरी प्युठान तर्फ लैँजाने गाडीलाई ५,००० (पाँच हजार) जरिवाना गरेको खबर प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्