नेपाल पत्रकार महासंघ अर्घाखाँचीका निवर्तमान अध्यक्ष हिमबहादुर जि.सी.(लेकाली)लाई मातृ शोक

| २०७८ सावन २३ गते १५: ०० मा प्रकाशित

अर्घाखाँची। नेपाल पत्रकार महासंघ अर्घाखाँचीका निवर्तमान अध्यक्ष , तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समाजसेवी ,वरिष्ठ पत्रकार हिमबहादुर जि.सी.(लेकाली) लाई मातृ शोक परेको छ। 

हिम जिसीकी आमा टीका कुमारी जिसि को लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ८२ बर्षकाे उमेरमा साउन २० गते उपचारको क्रममा निधन भएको हो। टिका कुमारी जिसी कोभिड १९ बाट संक्रमित रहेको खबर प्राप्त भएको छ। 

साथै नेपाल पत्रकार महासंघ अर्घाखाँचीका निवर्तमान अध्यक्षकी ममतामय आमाको असामहिक निधनको खबरले हामीहरु अत्यन्तै दु:खित एवं  मर्माहत भएका छौँ ।यस दु:खको घडिमा टिका कुमारी जिसी  प्रति भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शाेकाकुल परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दछौँ "अर्घाखाँचीबुलेटिन परिवार"।

प्रतिक्रिया दिनुहोस्